बाढीले पुरेको लकरमा ५० करोडको सुन, डेढ करोड नगद

बाढीले पुरेको लकरमा ५० करोडको सुन, डेढ करोड नगद


ग्लोब नेपाल
0
Shares

काठमाडौं । बाढीले पुरिएको कृषि विकास बैंकको लकर भेटिएको छ । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–१, ढुंगेस्थित बैंकको शाखामा क्षति पुर्याउँदा लकर पुरिएको थियो ।

हिजो ८ घण्टाको निरन्तर प्रयासपछि भवनको पहिलो तल्लामा लकर भेटिएको र डेढ करोड नगद तथा ५० करोड रुपैयाँ बराबरको सुन सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ । उक्त लकर जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइएको छ।