ठगी आरोपमा साह दम्पति पक्राउ

ठगी आरोपमा साह दम्पति पक्राउ


ग्लोब नेपाल
0
Shares

जनकपुरधाम । धनुषा प्रहरीले सुनचाँदी राखेर नगद सापटी दिने भन्दै ठगी गरेको आरोपमा एकजना पफरार आरोपी पक्राउ गरेका छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विभिन्न मितिमा स्थानीय व्यक्तिहरूलाई सुनचाँदी राखी नगद सापटी दिने भन्दै ठगी गरेको आरोपमा धनुषाका विभिन्न स्थानमा बसोबास गर्ने १७० जना पीडितले दिएको ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी प्रवक्ता ओमप्रकाश खनालका पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–६ बस्ने अन्दाजी ४० वर्षिय प्रदीप साह रहेको छ । सो घटनामा यसअघि नै भदौ २ गते उनकी श्रीमती ३५ वर्षीया रमतोला देवी साहलाई पक्राउ गरिसकिएको थियोछ । 

रमतोलालाई हिरासतमा राखेर धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान अगाडि बढाइसकिएको  र प्रमोदलाई अदालतबाट म्याद मिलान गरी थप अनुसन्धान अघि बढाइएको प्रवक्ता खनालले जानकारी दिएका छ्न् । 

घटनाका मुख्य आरोपित रमलोता देवी साहका पति अन्दाजी ४० वर्षीय प्रदीप साह सोनार भने फरार रहेका थिए । उनको खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–४ स्थित अदालत रोडबाट फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैबीच विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई समेत धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी टोलीले खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि धनुषा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

जालसाजी मुद्दामा १२ हजार ५ सय रुपैयाँ जरिवाना, कर्तव्य ज्यान मुद्दामा ३ वर्ष कैद, कुटपिट मुद्दामा १२६ रुपैयाँ ५० पैसा जरिवाना र अर्को कुटपिट मुद्दाका फरार प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

त्यस्तै, आगलागी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका एक जना प्रतिवादीसमेत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीहरूलाई मंगलबार पक्राउ गरी अदालतमा बुझाइएको हो ।