गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?

गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता, के भयो कुराकानी ?


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ । दुई नेताबीच भएको भेटवार्तामा कांग्रेसभित्र देखिएको आन्तरिक समस्या समाधानका विषयमा छलफल भएको हो ।

भेटका क्रममा नेता कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा कांग्रेस पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

उनले पार्टी एकताका लागि आफ्नो तर्फबाट आवश्यक त्याग गर्न आफू तयार रहेको स्पष्ट पारेका छन् । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका थिए । भेटवार्तामा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

यसैगरी दुई नेताबीच यही भदौ १० गते बुधबार नेपाल–चीन सीमा रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट तथा धादिङको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो ।

बाढीबाट प्रभावित तीन जिल्लाको अवस्था, राहत तथा पुनर्स्थापनाका काम र त्यसतर्फ पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा समेत उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।