काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्न लागेको हो ।
कार्यसम्पादन समितिको शनिवारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखिसकेका छन् ।
शनिवारको बैठकमा पार्टी सभापति गगन थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितहरूसँग भेटघाट र छलफल पश्चात् त्यहाँका यथार्थ वस्तुस्थितिबारे जानकारी गराएका थिए ।


प्रतिक्रिया