सुदूरपश्चिममा थप ३ दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिममा थप ३ दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ग्लोब नेपाल
0
Shares

धनगढी। कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा आगामी तीन दिनसम्म वर्षा कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहका अनुसार मौसम पूर्वानुमानअनुसार आजदेखि २४ गतेसम्म हिमाली, पहाडी र तराईका अधिकांश भूभागमा मौसम साधारणतया बदली रहनेछ। यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

विशेष गरी आज पहाडी र तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। ‘आज दिउँसो र राति पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान छ,’ कार्यालय प्रमुख साहले भने।

यस्तै, मङ्गलबार वर्षाको दायरा केही घटे पनि मौसम पूर्ण रूपमा नखुल्ने र हिमाली, पहाडी तथा तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान कार्यालयले जनाएको छ।