भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय जना सम्पर्कविहीन

भोटेकोसी बाढीमा रसुवाबाट मात्रै २८ सय जना सम्पर्कविहीन


ग्लोब नेपाल
0
Shares

काठमाडौं । गत १० भदौमा गएको भोटेकोसी बाढीमा रसुवाबाट मात्रै दुई हजार ८६० जना सम्पर्कविहीन भएको खुलेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, हालसम्म पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेका छन ।

उनीहरूमध्ये रसुवाबाट मात्रै दुई हजार ८६० जना सम्पर्कविहीन भएका हुन । रसुवाबाट मात्रै सम्पर्कविहीन हुनेहरूमा एक हजार ३९३ जना स्थानीय बासिन्दा छन् । त्यस्तै, अन्य जिल्लाका एक हजार २८६ जना रहेका छन । यसैगरी रसुवामा रहेका सरकारी कर्मचारी ७३, नेपाली सेना ४५, नेपाल प्रहरी २५, सशस्त्र प्रहरी १२ र बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना पनि सम्पर्कविहीन रहेका छन ।

प्राधिकरणका अनुसार, नुवकोट जिल्लाबाट एक हजार ९८१ जना सम्पर्कविहीन भएका छन्। त्यस्तै, बाढीमा परेर ५८७ जना विदेशी पर्यकट पनि सम्पर्कविहीन छन् ।

बाढीमा हराइरहेका मानिसको खोजी जारी रहेको छ । नेपाली तथा विदेशी टोली खोज तथा उद्धारमा खटिएका छन्। हालसम्म एक हजार ३५७ जनाको शव भेटिएको छ । त्यसमध्ये १०२ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ। अन्य शवको पहिचान खुलेको छैन।