काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको २४ भदौलाई कहाली लाग्दो विध्वंस भएको दिनको रूपमा स्मरण गरेका छन ।
आज (बुधबार) भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘गत वर्ष आजकै दिन राज्यका आधारस्तम्भ, लोकतन्त्रका धरोहर र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमाथि सर्वाधिक ठूलो आक्रमण र विध्वंस भएको थियो ।’
गत वर्ष भदौ २३ र २४ मा जेनजी आन्दोलन भएको थियो । २४ भदौमा सरकारी र निजी सम्पतिमाथि व्यापक तोडफोड र आगजनी भएको थियो । यसलाई एमाले अध्यक्ष ओलीले विध्वंस भनेका हुन् ।
दुःखद दिनको एक वर्ष पूरा भएको भन्दै उनले अगाडि भनेका छन्, ‘सबैभन्दा पहिले गत वर्ष भदौ २३ गतेको प्रदर्शनपछिको घटनाक्रममा जीवन गुमाउनुहुने नवयुवाहरू र कर्तव्यपालनका क्रममा आपराधिक तत्वहरूको आक्रमणमा मारिनुभएका प्रहरी जवानहरूप्रति नेकपा एमाले र मेरो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’
अझै उपचारको क्रममा रहेका घाइतेहरूको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । अगाडि भन्छन्, ‘त्यस कहालीलाग्दो विध्वंसपछि पुर्नउथ्थानको प्रयासमा रहनुभएका व्यवसायी एवं महानुभावहरूमा सुभेच्छा व्यक्त गर्दछु ।’


प्रतिक्रिया