भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही हुनुपर्छः गगन थापा

भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही हुनुपर्छः गगन थापा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रतिपक्षी दल कांग्रेसका सभापति गगन थापाले गत बर्षको २३ र २४ भदौमा भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका छन ।

आज (बुधबार) बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश दिँदै सभापति थापाले यस्तो बताएका हुन । उनले भदौ २४ गते आफ्नो घर समेत जलेको स्मरण गरेका छन ।

थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीडाभन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीडा ठूलो रहेको पनि बताएका छन । उनले भदौ २३ गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने पनि बताएका छन ।

त्यस्तै, भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको ध्वंसबारे पनि निष्पक्ष अनुसन्धान आवश्यक रहेको पनि उनले बताए । उनले भने, ‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ ।’

सरकारले भदौ २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले अनुसन्धान कहाँ पुगेको भन्ने प्रश्न गरेका छन् । भदौ २३ गतेको घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग समेत गरेका छन ।

थापाले भदौ २३ मा दमन गर्ने, हिंसा भड्काउने तथा भदौ २४ मा अपराध गर्ने सबैलाई कानुनी कारबाही गर्नुपर्ने बताए। ‘अनि मात्रै राज्य जवाफदेही राज्य बन्ने बाटोमा अगाडि बढ्न सक्छ,’ उनले भने।