एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको कमजोर सुरुवात

एसीसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको कमजोर सुरुवात


ग्लोब नेपाल
189
Shares

काठमाडौं । एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनल खेलमा नेपालले ओमानविरुद्ध कमजोर सुरुवात गरेको छ । १७ ओभरको खेल सकिदा नेपालले ४ विकेट गुमाएर मात्र ४८ रन जोडेको छ ।

ओपनर देव खनाल आसिफ शेखबाट राम्रो सुरुवात हुन सकेन । खनाल १३ र शेख ११ रन बनाएर आउट भए । तेस्रो क्रममा गएका इसान पाण्डे मात्र १ रन बनाएर आउट भए भने राहित पौडेल ३ रन बनाएर पबेलिन फर्किए । यति बेला क्रिचमा बसिर अहमदलाई दिपेन्द्र सिंह ऐरेले साथ दिइरहेका छन् ।

ओमानका लागि मुहम्मद इमरानले २, जय विराम र हसिन साहले १–१ विकेट लिएका छन् ।

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा ओमानका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। कप्तान सन्दीप लामिछानेको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोली आजको खेल जितेर फाइनल यात्रा तय गर्ने लक्ष्यमा छ।

कुल १० टोली सहभागी यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष बङ्गलादेशमा आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ। प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो सेमिफाइनल खेलमा युएई र हङकङबिच प्रतिस्पर्धा हुँदैछ।