काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेनले बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुन:स्थापनामा निरन्तर जुटिरहेका छन् ।
सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुन:स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ ।


प्रतिक्रिया