अस्पतालबाट निकालिएकी गर्भवतीको सडकमै सुत्केरी

अस्पतालबाट निकालिएकी गर्भवतीको सडकमै सुत्केरी


ग्लोब नेपाल
108
Shares

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट निकालिएकी गर्भवती महिलाले सडकमै बच्चा जन्माएकी छन् । पैसा तिर्न नसक्दा निकालिएकी महिलाले अस्ति मंगलबार राति २ बजे अस्पतालको गेटमै बच्चा जन्माएकी हुन् । सुत्केरी हुने डेट आएपछि उनी सरकारी स्वामित्वको गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन् ।

सुत्केरी गराउन अस्पतालले मागेको पैसा उनीसँग थिएन । पैसा नतिरिकन उपचार नहुने भएपछि परिवारसहित बाहिर निस्किइन् । गेटबाट बाहिर निस्किनेबित्तिकै सुत्केरी व्यथाले च्यापेपछि सडकमै बच्चा जन्माउन बाध्य भएकी हुन् । उनले सडकमा बच्चा जन्माएको सिसीटिभी फुटेज सार्वजनिक भएको छ ।