आइजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न सरकारसँग खगेन्द्र सुनारको माग

आइजीपी कार्कीलाई तत्काल बर्खास्त गर्न सरकारसँग खगेन्द्र सुनारको माग


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।

आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्री बर्खास्तमा परिसकेको भन्दै भ्रष्टाचारको आरोप लागेका आइजीपी कार्कीलाई पदबाट हटाउनुपर्ने उनले बताए ।

उनले भने, ‘करोडौँ करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ ।

करोडौँ भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ । तल्लो दर्जाका प्रहरीहरूको जुत्ता, मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ।

करोडौँ करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ ।’ यो सरकार कार्कीलाई बर्खास्त किन गरिरहेको छैनरु भन्दै प्रश्न गरेका छन ।