कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज (आइतबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बैठक बस्ने गरी तय गरिएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। यद्यपि, आज बस्ने उक्त बैठकका औपचारिक एजेन्डाहरू भने खुलाइएको छैन।