पत्रकारलाई वडाध्यक्षले थुनाइन्, अदालतले छाड्यो

पत्रकारलाई वडाध्यक्षले थुनाइन्, अदालतले छाड्यो


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ परेका पत्रकार तेजन खड्का धरौटीमा रिहा भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले खड्कालाई ७५ हजार रुपैयाँ धरौटीमा रिहाइको आदेश दिएका हुन् ।

उर्लाबारी–७ की वडाध्यक्ष उर्मिला थापाले आफ्नो व्यक्तिगत फोटो प्रयोग गरेर चरित्र हत्या गर्ने मनसायले सामाजिक सञ्जाल फेसबुकमा सामग्री पोस्ट गरेको जनाउँदै प्रहरीमा जाहेरी दिएपछि घटना कानुनी प्रक्रियामा अघि बढेको थियो ।

खड्कालाई शुक्रबार उर्लाबारी–९ स्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगरमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो।