काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङ ९ दिनपछि हिरासतमुक्त भएका छन् । ठगी मुद्दाको जाहेरीमा पक्राउ परेका गुरुङले दाबी रकम बुझाएपछि गत शुक्रबार हिरासतमुक्त भएका हुन् ।
तीन जना पीडितको रकम बुझाएरशुक्रबार हिरासतमुक्त भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) दिलिप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार ३ जना पीडितले गुरुङविरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरेको बताए ।
उनीविरुद्ध दोर्जे शेर्पा,रिंगुज्याम्बु शेर्पा र सुनुर्पा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए । स्रोतका अनुसार गुरुङले जाहेकरीकर्तामध्ये दोर्जेको ३३ लाख ५० हजार,रिंगुको १४ लाख र सुनुर्पुको २४ लाख रुपैया बुझाएपछि रिहा भएका हुन् ।


प्रतिक्रिया