भक्तपुर अस्पतालद्वारा १९ पदका लागि करारमा कर्मचारी आह्वान

भक्तपुर अस्पतालद्वारा १९ पदका लागि करारमा कर्मचारी आह्वान


ग्लोब नेपाल
0
Shares

काठमाडौं । बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय अन्तर्गतको भक्तपुर अस्पतालले विभिन्न १९ पदमा करार सेवाका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ।

अस्पतालले आज सूचना जारी गर्दै विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी पदपूर्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो। सूचना अनुसार एनेस्थेसियोलोजिस्ट, कार्डियोलोजिस्ट र ई.एन.टी. सर्जन (नवौं तह) मा १-१ जना, मेडिकल अधिकृत (आठौं तह) मा ६ जना तथा स्टाफ नर्स (पाँचौं तह) मा १० जना गरी कुल १९ जना कर्मचारी माग गरिएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १२ गते कार्यालय समयभित्र अस्पताल प्रशासनमा दरखास्त पेस गर्न सक्नेछन्।