पार्टी फुटाउने प्रयास भए मूकदर्शक बनेर बस्दिनँः देउवा

पार्टी फुटाउने प्रयास भए मूकदर्शक बनेर बस्दिनँः देउवा


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ नभएको बताएका छन् ।

आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन । उनले कांग्रेसले आफ्नो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न पछि नहट्ने पनि बताएका छन । उनले भनेका छन्, ‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन ।

अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन । तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन ।’

देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको उल्लेख गरेका छन ।

उनले थपेका छन्,’ नेपाली कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदापनि सहमति वेगर हतारमा कथित विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मूकदर्शक भएर बस्न सक्ने छैन।’