काठमाडौं । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०६३ ल्याएपछि शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से एकै दिन ४८.५७ अंकले बढेर बन्द भएको छ । नेप्से आज १.८७ प्रतिशतले बढेर २६३३.२६ विन्दुमा पुगेको छ ।
आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज एकै दिन ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर कारोबार भएको छ ।
आज बजार बन्द हुँदा २६५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभरमा ३४७ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ८६९ पटक शेयर किनबेच भएको छ ।


प्रतिक्रिया