अर्थमन्त्री डा. स्वर्णिम ३ दिने भ्रमणका लागि भारत प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम ३ दिने भ्रमणका लागि भारत प्रस्थान


ग्लोब नेपाल
0
Shares

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७:३५ बजेको उडानमा काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन्। 

विपद्पछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ।

भ्रमण तालिका:

बिहीबार

  • ५:००-बजे:  भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता।

शुक्रबार

  • बिहान ९ बजे: पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा  प्रमुख अतिथिका रूपमा सहभागी। 
  • ५:००बजे: भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता। 
  • ७:३० बजे; भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने  बृहत भेटघाट कार्यक्रममा सहभागी। 

शनिबार 

  • ९:३० बजे ; भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी।
     
  • ११:३० बजे ; दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने  विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी। 
  • साँझ ४ बजे नेपाल फिर्ता।

भ्रमण टोलीका सदस्यहरू

सहसचिव: अमृत लम्साल-अर्थ मन्त्रालय। 

सहसचिव: गेहेन्द्र राजभण्डारी, परराष्ट्र मन्त्रालय। 

उप नियोग प्रमुख : डा.सुरेन्द्र थापा,नेपाली राजदूताबास नयाँदिल्ली। 

इकोनोमिक्स मिनिस्टर: तारानाथ अधिकारी,नेपाली राजदूताबास नयाँदिल्ली।

उपसचिव: कञ्चन बस्नेत, निजी उपसचिव, अर्थमन्त्री।