करेन्ट लागेर चितवन राष्ट्रिय निकुञ्जको चर्चित हात्ती ‘रोनाल्डो’को मृत्यु

करेन्ट लागेर चितवन राष्ट्रिय निकुञ्जको चर्चित हात्ती ‘रोनाल्डो’को मृत्यु


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भेटिने चर्चित जंगली भाले हात्ती रोनाल्डो करेन्ट लागेर मरेको पुष्टि भएको छ । आज बिहान बिसहजारी ताल नजिकै रहेको कुमाल तालको छेउमा मृत अवस्थामा भेटिएको रोनाल्डोलाई करेन्ट लागेको पुष्टि भएको हो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकमा लगेको विद्युत्को तारबाट करेन्ट लाग्दा रोनाल्डोको घटनास्थलमा नै मृत्यु भएको थियो ।बाहिर इन्सुलेसन गरेको तार रोनाल्डोले चपाउँदा त्यसमा प्रवाह भएको करेन्ट उसको मुख तथा जिब्रोमा लागेको बताइएको छ ।

रोनाल्डोको मुखको भाग तथा जिब्रोको केही भाग डढेको जस्तो अवस्थामा रहेको छ । यसबारेमा निकुञ्जले कुनै आधिकारिक जानकारी दिएको छैन । रोनाल्डोको मृत शरिरलाई पोष्टमार्टम पछि खाल्डो खनेर गाड्ने काम हुँदैछ ।