काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन्। चीनको ग्वाञ्जाओमा आयोजना हुने चाइना ल सोसाइटीको कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा चीन गएका हुन्।
प्रधान न्यायाधीश शर्मासँग सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल पनि चीन भ्रमणमा सहभागी छन्। कार्यक्रममा न्याय तथा कानुनका क्षेत्रमा भएका अभ्यास, अनुभव र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
प्रधान न्यायाधीश शर्मा केही समयअघि सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्त भएका थिए। न्यायपालिकाको संस्थागत सुधार, न्यायिक सुशासन र सूचना प्रविधिको प्रयोगलाई उनले आफ्नो कार्यकालका प्राथमिकताका रूपमा अघि सारेका छन्।


प्रतिक्रिया