ट्राफिकसँग विवाद भएपछि चालकले नै गरे बसमा आगजनी

ट्राफिकसँग विवाद भएपछि चालकले नै गरे बसमा आगजनी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि चालक आफैँले बसमा आगजनी गरेको खुलेको छ । बसमा आगोलाग्दा चालक बसभित्रै भएको तथा नभागेकोले उनैले आगो लगाएको प्रहरीको प्रारम्भित्र निष्कर्ष छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले पनि चालकले नै आगजनी गरेको हुन सक्ने आशंका गर्दै यसबारे अनुसन्धान भइरहेको बताए । ‘यकिन कारण त पूरा अनुसन्धानपछि खुल्ला तर अहिलेसम्मको अनुसन्धानमा चालकबाट नै आगजनी भएको भन्ने हाम्रो निष्कर्ष छ’ उनले भने ।

आगलागीको कारण पनि केही बताइएको छैन। तर ट्राफिक प्रहरीसँग विवाद भएपछि आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ।