अध्यक्ष हटाउने भन्दै यहाँ रमिता देखाउँदैछन्ः ओली

अध्यक्ष हटाउने भन्दै यहाँ रमिता देखाउँदैछन्ः ओली


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा सरकार फासीवादी शैलीमा अघि बढीरहेको आरोप लगाएका छन ।

पार्टी र आफूमाथि निरन्तर प्रहार भइरहेको उल्लेख गर्दै ओलीले यस्तो बेलामा अध्यक्ष हटाउनुपर्छ भनेर रमिता देखाएको भन्दै प्रश्न उठाउने नेताहरूको आलोचना समेत गरेका छन ।

उनले राजनीतिक रुपमा सरकारको शैलीको प्रतिवाद गर्नुपर्ने अवस्थामा महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरुद्ध उभिएको भन्दै उनले आपत्ति समेत व्यक्त गरे ।

उनले भने, ‘अहिले हामी धेरै अप्ठ्यारो परिस्थितिमा, देश नै सङ्कटमा परेको बेला यो बैठक आयोजना गरिरहेका छौँ । हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनताविरुद्ध नै हमला भइरहेको छ, सामान्य अवस्थामा केन्द्रीय कमिटीको बैठक छ महिना ननाघीकन बसिसक्नुपर्थ्यो ।

अझ अहिलेको जस्तो जटिल परिस्थितिमा त निर्वाचनलगत्तै बैठक बस्नुपर्थ्यो ।’ निर्वाचनमा हामीले किन पराजय भोग्यौँ, त्यसका कारणहरू के–के हुन्, तिनको सामना कसरी गर्छौँ र आगामी दिनमा कसरी अगाडि बढ्छौँ भन्ने ठोस निर्णयका साथ अघि बढ्नुपर्थ्यो ।’

त्यसरी अगाडि बढ्नुपर्नेमा दोस्रो बैठकको आठ महिनापछि बल्ल हामी यो तेस्रो बैठक आयोजना गर्दै छौँ। यस्तो विलम्ब नहुनुपर्थ्यो, भयोस अब फेरि यस्तो नहोस् भन्ने कुरामा ध्यान दिइनेछ ।’