वालिङ । दोहोरो नागरिकता तथा राहदानी लिएको आरोपमा पक्राउ परेका दिदी–भाइ अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–२ का ३६ वर्षीय मधु थापा र उनकी ४५ वर्षीया दिदी सपिना थापा धरौटी बुझाएर रिहा भएका हुन् ।
मधु थापाले २०६५ असार १९ गते पहिलोपटक नागरिकता लिएका थिए । पछि नक्कली एसएलसी प्रमाणपत्र र झुटा विवरण पेस गरी ‘नुनबहादुर थापा’लाई बुबा बनाएर ‘कुशल थापा’को नामबाट २०७२ मङ्सिर ४ गते दोहोरो नागरिकता तथा राहदानीसमेत जारी गराएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
अवस्थीका अनुसार जिल्ला प्रशासन कार्यालयको जाहेरीका आधारमा २०८२ चैत १५ गते मुद्दा दर्ता गरी प्रहरीले मधुलाई भदौ ८ गते र दोहोरो नागरिकताको सनाखत गर्ने उनकी दिदी सपिनालाई भदौ ३१ गते पक्राउ गरेको थियो ।
अनुसन्धान पूरा गरी असोज ५ गते स्याङ्जा जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशअनुसार मधु थापा दुई लाख २५ हजार रुपैयाँ र सपिना थापा एक लाख २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रहरीले जनाएको छ ।


प्रतिक्रिया