देवदहमा पेस्तोल देखाउने क्रममा गोली चल्दा युवक घाइते

देवदहमा पेस्तोल देखाउने क्रममा गोली चल्दा युवक घाइते


ग्लोब नेपाल
0
Shares

काठमाडौं । रुपन्देहीको देवदहमा पेस्तोल देखाउने क्रममा गोली चल्दा एक युवक घाइते भएका छन् । देवदह–७ का दीपक खरेलको घरमा गोली चल्दा २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार खरेलले घरमा आएका खत्रीलाई पेस्तोल देखाउने क्रममा गोली चलेको थियो । खरेलले समाएको पेस्तोलबाट गोली लागेर खत्री घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते खत्रीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिए । घटनापछि प्रहरीले खरेललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।