ट्रम्पले किन मागे नोबेल शान्ति पुरस्कार ?

ट्रम्पले किन मागे नोबेल शान्ति पुरस्कार ?



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक नोबेल शान्ति पुरस्कारको लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

आठवटा युद्ध समाप्त गर्न र अन्य धेरै द्वन्द्वहरू रोक्न मद्दत गरेको दाबीसहित उनले नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने बताएका छन्। उनले पुरस्कार नदिएकोमा नोबेल समितिको विश्वसनीयतामाथि प्रश्न उठाए । ट्रम्पले बाराक ओबामालाई दिइएको सम्मानको आलोचना गर्दै करको धम्कीलाई आफ्नो शान्ति प्रयासको लागि महत्त्वपूर्ण रूपमा उल्लेख गरेका छन् ।

यति महत्त्वपूर्ण उपलब्धिहरूको बाबजुद पुरस्कार प्राप्त नभएको भन्दै बुधबार दिउँसो ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘यसले नोबेल समितिको विश्वसनीयतालाई हानि पुर्‍याउनेछ।’ नर्वेजियन नोबेल समितिले शुक्रबार नोबेल शान्ति पुरस्कार घोषणा गर्ने कार्यक्रम छ।

पत्रकारहरूसँगको कुराकानीमा आफ्ना उपलब्धिहरूलाई उल्लेख गर्दै ट्रम्पले भने उनले अतुलनीय कदमहरू चालेका छन्। उनले भने, ‘मैले त्यस्तो काम गरेको छु जुन अरू कसैले गरेको छैन। म आफ्नो प्रशंसा गरिरहेको छैन, तर केवल तथ्यहरू बताउँदै छु। सायद कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध समाप्त गरेको छैन। मैले आठ युद्ध समाप्त गरेको छु।’

ट्रम्पका अनुसार जब कुनै नेताले आठ युद्ध रोकेको दाबी गर्छ र उसको योगदानलाई बेवास्ता गर्नु समितिको लागि ठूलो क्षति हुन सक्छ। हरेक वर्ष ट्रम्पले नाेबेल पुरस्कारमा दाबी गर्दै आएका छन् ।