यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सरकारले विटौरी जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका नागरिकको नाममा जग्गा दर्ता गर्ने प्रक्रिया सहज बनाउन समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय जस्ताको त्यस्तै

१.विश्व बैंकसँग Nepal Earthquake Catastrophe Bond सम्बन्धी Mandate Agreement मा हस्ताक्षर गर्न स्वीकृति दिने।

२.बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने।

३. जापानको आईची-नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने।

४. नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता श्री अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने।