काठमाडौं। ह्याकको डर बन्द भएका नेपालका अधिकांश सरकारी वेबसाइट सोमबारदेखि पुन: सञ्चालनमा आएका छन् । साथै, केही बैंकिङ र डिजिटल सेवा पनि खुलेका छन् ।
वेबसाइट सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपीमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि सम्भावित साइबर आक्रमणबाट जोगाउन सरकारी निकाय र सबै वाणिज्य बैंकले आफ्ना वेब प्रणाली अस्थायी रूपमा बन्द गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी), राष्ट्रिय साइबर सुरक्षा केन्द्र तथा अन्य प्राविधिक निकायहरुले प्रभावित प्रणालीको सुरक्षा परीक्षण, आवश्यक सफ्टवेयर अद्यावधिक गरेसँगै पुन: सञ्चालनमा आएका हुन्।
पुराना प्रणालीमा सुरक्षा सुधार गर्नुपर्ने तथा प्राविधिक परीक्षण गरेपछि उक्त वेबसाइटहरु आजदेखि एकैपटक सञ्चालनमा आएका छन्।
एसडीओसीले पिएचपी२शेल जोखिमका लागि सुरक्षा प्याचिङ, परीक्षण र प्रमाणीकरण गरिसकेपछि एक हजारभन्दा बढी सरकारी वेबसाइटहरू र अनलाइन सेवाहरू पुन: सामान्य रूपमा सञ्चालनमा आएको जानकारी दिएको छ।।


प्रतिक्रिया