कांग्रेसमा यस्तो छ पदाधिकारीको वरियाताक्रम

कांग्रेसमा यस्तो छ पदाधिकारीको वरियाताक्रम


ग्लोब नेपाल
243
Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीको वरीयता निर्धारण गरेको छ ।

बिहीबार नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथपछि पार्टी मुख्यालय सानेपामा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीको वरीयता तोकेको हो । पहिलो वरीयतामा सभापति गगन थापा, दोस्रोमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र तेस्रोमा उपसभापति पुष्पा भुसाल रहेकी छन् ।

उपसभापति डा. चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद चौधरी क्रमश: चौंथो, पाँचौं र छैठौँ नम्बरमा राखिएको छन् । त्यसपछि महामन्त्रीको वरियता तोकिएको छ । जसअनुसार महामन्त्री प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदय शमशेर राणा नवौँ स्थानमा छन् ।

११ सहमहामन्त्रीमध्ये बहादुरसिंह लामाको वरियता सबैभन्दा अगाडि छ । त्यसपछि क्रमश: योगेन्द्र चौधरी, प्रकाश स्नेही रसाइली, जीवन शाही, अजय चौरासिया, आङ्गेलु शेपा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी, मनोजमणि आचार्य र डा. फिरदोश आलम तोकिएका छन् ।