एनपिएलमा खेल्न डेविड मिलर नेपालमा

एनपिएलमा खेल्न डेविड मिलर नेपालमा


ग्लोब नेपाल
81
Shares

काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् । तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न मिलर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्सका प्रतिनिधिले स्वागत गरेका थिए । 

३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् । भारतको इन्डियन प्रिमियर लिग, अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिगहरु खेलेका छन् ।

उनले आइपिएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आइपिएल जित्दा मुलर मुख्य खेलाडी थिए । 

कर्णाली याक्स स्पोट्सका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्धनमा योगदान पुग्ने बताएका छन् । 

मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टी–२०  आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई सतक र ९ अर्धसतक प्रहार गरेका थिए । उनको आफ्नो करियरको दुई टी–२० सतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए । 

कात्तिक ९ बाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । जसमध्ये दुई खेल जितेको थियो । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडों गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो ।