काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार कीर्तिपुरमा जारी खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई १३३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो । पोखराका लागि युवराज सम्राले सर्वाधिक ८४ रन बनाए । उनले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।
धनञ्जय लक्षनले १५ बलमा २२ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । सन्नी बीकेले ११ बलमा १२ रन जोड्दा अर्जुन घर्तीले १० बलमा ५ रन बनाए । बिपिन खत्रीले १२ बलमा ५ रन जोडे । सागर ढकाल १ रनमा अविजित रहे ।
अन्य ब्याटरमा अर्जुन कुमालले ३ बलमा १, कुशल भुर्तेलले ४ बलमा शून्य, रमेश मेन्डिसले २ बलमा शून्य, चमिका करुणारत्नेले १ बलमा शून्य र किरण ठगुन्नाले १ बलमा शून्य रन बनाए । पोखराले अतिरिक्त २ रन पायो ।
विराटनगरका सन्दीप लामिछानेले ६ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चिए । रुपेश सिंहले १ विकेट लिँदा एन्जेलो म्याथ्युज र चरिथ असलंकाले पनि १–१ विकेट लिए । इसुरु उडाना र शेहान जयसूर्याले भने विकेट लिन सकेनन् ।


प्रतिक्रिया