काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको इभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो। गाडीमा चालकसहित २० जना सवार थिए।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पताल ल्याइएको छ भने दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेको छ। फेला परेका थप तीन जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया