चीन भ्रमणअघि रास्वपाका सांसदसँग प्रधानमन्त्री शाहको छलफल

चीन भ्रमणअघि रास्वपाका सांसदसँग प्रधानमन्त्री शाहको छलफल


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान सवा ११ बजे छलफल सुरु भएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय संसदीय प्रतिनिधिमण्डल आइतबार (२९ कात्तिक) चीन प्रस्थान गर्ने कार्यक्रम छ । ११ दिने भ्रमणका क्रममा टोली बेइजिङ र हाङचोउ सहरका साथै सिचुवान प्रान्त पुग्नेछ ।

प्रतिनिधि मण्डलमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी तथा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा र डा. धनञ्जय रेग्मी छन् ।

टोलीमा श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा पनि छन् ।