काठमाडौँ । मधेश प्रदेशमा दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्न लागेका सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ गराउने कार्यक्रम छ ।प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।
शपथसँगै दोस्रो कार्यकाल सुरु गर्न लागेका यादवका लागि प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु अबको प्रमुख राजनीतिक चुनौती हुनेछ । यादवले सात दिनभित्र विश्वासको मत लिने बताएका छन् ।
संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया