काठमाडौं । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियान सुरु भएको छ ।
अभियानअन्तर्गत आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित काठमाडौं उपत्यकामा उपलब्ध प्रतिनिधिहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सभापति गगन थापाले सम्बोधन गरेका छन् ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा अभियानमा खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे सभापति थापाले अभिमुखीकरण दिएका हुन् ।
काठमाडौं उपत्यका बाहिर रहेका जनप्रतिनिधिहरूका लागि जुममार्फत भर्चुअल रूपमा कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया