शुक्लागण्डकी नगरपालिकामा सेवाग्राहीले कोठा-कोठा धाउन नपर्ने

शुक्लागण्डकी नगरपालिकामा सेवाग्राहीले कोठा-कोठा धाउन नपर्ने


ग्लोब नेपाल
378
Shares

काठमाडौं । शुक्लागण्डकी नगरपालिकामा सेवा लिन पुग्ने नागरिकलाई कर्मचारी खोज्दै विभिन्न शाखामा धाउनुपर्ने बाध्यता हटेको छ । नगरले सार्वजनिक सेवा प्रवाहलाई नियमित, मितव्ययी, कानुन संम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन सञ्चालन गर्न सेवा प्रवाह सञ्चालन केन्द्र स्थापना गरेको छ । योसँगै आम नागरिकको सानो कामका लागि विभिन्न कार्यकक्षमा पुग्नुपर्ने समस्या हटेको हो ।

यस्तो छ- सञ्चालन विधि
– सेवा प्रवाह संचालन केन्द्र यस नगरपालिकाको मुख्य प्रशासनिक भवनको भुई तलाको विचभागमा स्थापना गरिएको छ र यस केन्द्रको बाहिरी घेरा वरिपरि सेवा लिन आउनुहुँने नागरिकलाई आरामदायी रुपमा वस्ने प्रबन्ध मिलाईने छ ।

– सेवा लिन आउनुहुने सेवाग्राहीले सेवासँग सम्बन्धित कागजात सहितको फाईल उक्त केन्द्रमा रहनु हुने कर्मचारीलाई बुझाएपछि बाकी कामको सम्पुर्ण प्रक्रिया पुरा गरि अन्तिम सेवा नागरिकको हातमा दिने काम सम्बन्धित सेवा केन्द्रका कर्मचारीको हुनेछ ।

– तोकिएको मापदण्ड बमोजिमको कागजातको अभाव देखिएमा वा रितपुर्वक नदेखिएमा उक्त केन्द्रमा राखिएको टेलिफोन सेवाको प्रयोग गरी सम्बन्धित शाखाको अधिकारीले सेवा केन्द्रका कर्मचारीको समन्वयमा सेवाग्राहीसग प्रत्यक्ष टेलिफोन वार्ता गरि के कति कारणले फाईल रोकिएको हो त्यसको कारण र नपुग कागजात,विधि र प्रक्रिया बारे बुझाई दिनुपर्नेछ ।

– कुनै जटिल प्रकृतिका सेवा प्राप्तिमा अन्यौल हुँन गएमा मात्र प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखाका कर्मचारीले तुरुन्त सेवा केन्द्रमा उपस्थित भई सेवाग्राहीलाई सो फाईल उपर छलफल गर्नुपर्नेछ ।

– फाईल प्राप्तिदेखि तोकआदेश, दर्ता, सम्बन्धित शाखामा पेश र अन्तिम सेवा नागरिकको हातमा दिनेसम्मको कामको लागि सेवा पवाह संचालन केन्द्रमा आवश्यक रुपमा कर्मचारीको व्यवस्थापन गरिनेछ र कोर्यबोझको हिसाबले केन्द्रमा खटाईने कर्मचारीहरुको रोटेशन गरिनेछ ।

– आवश्यकता बमोजिम प्रमुख प्रशासकीय अधिकृत ज्यूको हा कार्यबोझलाई न्युनिकरण गर्नुपर्ने देखिएमा सम्पुर्ण शाखाहरुलाई समेत कायृयोजना बनाई यस तोकिएको मितिमा उक्त सेवा केन्द्रमा खटाउन सक्नेछ ।

– यस कार्यालयमा आउनु हुने सेवाग्राहीहरु फाईल लिएर वा नलिएर कुनैपनि शाखामा प्रवेश गर्नुपर्ने छैन तर नगर प्रमुख र उपप्रमुखलाई भेट्न भने बाधा पर्ने छैन ।

– यसबाहेक यसैसँग सम्वन्धित अन्य विषय प्रमुख प्रशासकीय अधिकृतले तोके बमोजिम हुनेछ ।