स्थायी शिक्षकको लिखित परीक्षा बारे आयो यस्तो जरुरी सूचना

स्थायी शिक्षकको लिखित परीक्षा बारे आयो यस्तो जरुरी सूचना


ग्लोब नेपाल
382k
Shares

काठमाडाै‌ । शिक्षक सेवा आयोगले असार १३ गते विहान ८ बजेदेखि सञ्चालन हुने प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरेको छ । आयोगले सातै प्रदेशका परीक्षार्थीको केन्द्र निर्धारण गरेको हो ।

उक्त परीक्षाका लागि कायम गरिएको परीक्षा केन्द्र सम्बन्धी केन्द्रगत उम्मेदवारहरुको रोल नम्बरसहितको विवरण सम्बन्धित सबैको जानकारीका  प्रकाशन गरेको छ । आयोगले प्राथमिक तहको १३ हजार २९७ रिक्त दरबन्दीमा खुला तर्फ १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए । आयोगका  अनुसार प्रदेश १ बाट ४ हजार २४७,  मधेश प्रदेशबाट ९५२, बागमती प्रदेशबाट ३ हजार ७८९, त्यसैगरी गण्डकी प्रदेशबाट ३ हजार ६०६ ,त्यस्तै, लुम्बिनी प्रदेशबाट लिखित परीक्षामा १६ हजार ९९६ जना सहभागी भएका थिए उक्त परीक्षामा ३ हजार ४६८ जना मात्र उत्तीर्ण भएका छन् । त्यस्तै कर्णाली प्रदेशबाट १ हजार १९१,र सुदुर पश्चिम प्रदेशबाट  २ हजार १३२ जना परीक्षार्थीको परीक्षा केन्द्र निर्धारण गरेको हो ।