काठमाडौं । शिक्षक सेवा आयोगले असार ९, ११ र १३ गते सञ्चालन हुन गइरहेको माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) का लागि प्रश्नपत्रमा रहेका खण्ड (क) र खण्ड (ख) मा उत्तर अलग अलग दुई उत्तरपुस्तिकामा लेख्न निर्देशन दिएको छ ।
आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाद्वारा जारी गरिएको सूचनामा उत्तरपुस्तिकाको अग्रपृष्टमा उल्लिखित उ।पु। खण्डमा देखिने गरी जुन खण्डको उत्तर लेखेको हो सोही खण्ड जनाउन सबै उम्मेदवारहरुलाई सूचित गरेको छ ।
परीक्षा केन्द्रले समेत उत्तरपुस्तिकाको पोका बनाउँदा रोल नम्बरको क्रममा खण्ड अनुसार अलग अलग पोका वनाइ उक्त दुवै पोकालाई ठूलो पोकामा राखी आयोगमा पठाउने व्यवस्था गर्न निर्देश्न दिएको छ ।
दुबै खण्डको उत्तर एउटै उत्तरपुस्तिकामा लेखेमा वा मिसाएर लेखेमा त्यस्तो उत्तरपुस्तिका रद्द हुने ब्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया