अमेरिकी सर्वोच्च अदालतले आधा शताब्दीदेखि रहेको गर्भपतनको संवैधानिक अधिकार खारेज गरेको छ । सर्वोच्च अदालतले गर्भपतन प्रतिबन्ध लगाउन राज्यहरूलाई अगाडी बढ्न संकेत दिएको छ । यसको बिरोधमा चर्का नारा ,जुलुस प्रदर्शन भइरहेका छन् भने डेमोक्र्याटिकलाई ठूलो धक्का लागेको छ ।
अदालतको फैसलापछि त्यहाँका धार्मिक अभियानकर्मी र दक्षिणपन्थी भने खुसी भएका छन् । सन् १९७३ मा गर्भपतनलाई वैध बनाइए पनि उनीहरुले त्यसको विरोध गर्दै आएका थिए । फैसलाको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश उभिएका थिए ।
योसँगै अमेरिकामा महिलाले गर्भपतन सम्बन्धि कानुनी अधिकार गुमाएका छन् । अदालतको यो आदेशले अब अमेरिकाका राज्यहरुलाई गर्भपतनलाई गैरकानूनी मान्ने वा त्यसलाई मान्यता दिने विकल्प दिएको छ ।
तर, गर्भपतन महिलाको हक हुनुपर्ने माग गर्दै आएका संगठन तथा संस्थाहरूले भने अदालतको फैसलामा असन्तुष्टि जनाउँदै विरोध जनाएका छन् । अमेरिकामा महिला अधिकारवादीहरुले अदालतको फैसलाप्रति चर्को विरोध जनाएका छन्।
प्रतिक्रिया