काठमाडौं उपत्यकाका ९ ठाउँमा हैजा देखिएको पुष्टि

काठमाडौं उपत्यकाका ९ ठाउँमा हैजा देखिएको पुष्टि


ग्लोब नेपाल
54
Shares

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ९ ठाउँमा हैजाका विरामी देखिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले काडमाडौंको नैकाप र ललितपुरको पाटनमा थप एक/एक जना हैजाका बिरामी भेटिएको जनाएको छ । यससँगै उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ । जनस्वनस्थ्य कार्यालयका अनुसार सार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ ।

संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

आइतबारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ ।