काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर रिटमाथिको पेसी शुक्रबारका लागि सारिएको छ । २६ गते सार्वजनिक विदा परेपछि आज २७ गतेका लागि पेसी तोकिएको थियो । आजका लागि पेसी तोकिएको पत्र सरकार पक्षका कानुन व्यवसायीले बुझ्न नमान्दा शुक्रबारका लागि अर्को पेसी तोकिएको हो ।
आज पोखरेलका कानुन व्यवसायीलाई प्रश्नको प्रत्युत्तर दिने तय भएको थियो । अब यसबारेको फैसला आउँदो शुक्रबार हुनेछ ।
वैशाख १८ मा मन्त्रिपरिषद्ले एआईजी पोखरेलभन्दा १७ महिना जुनियर धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै सिनियर एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
प्रतिक्रिया