सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन

सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन


ग्लोब नेपाल
0
Shares

काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको छ।

गृहसचिवस्तरको निर्णयले मंगलबार सबै कार्यालयलाई तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न निर्देशन दिएको हो। मन्त्रालयले गृहको सीसीटीभी फुटेज तीन महिनासम्म सुरक्षित रहने पनि स्पष्ट पारेको छ। मन्त्रालयले सिंहदरबार क्षेत्रको सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय सचिवालयले गर्ने जनाएको छ। सिंहदरबार भित्रको सीसीटीभीको निरीक्षण/अनुगमन नेपाल प्रहरीको सिंहदरबार भित्र रहेको ‘सिंहदरबार सुरक्षा गण’ले गर्ने पनि मन्त्रालयले प्रष्ट पारेको छ।

अर्थ मन्त्रालयमा रहेको सीसीटीभी फुटेज १३ दिनमै मेटिएको भनिएपछि गृहमन्त्रालयले कार्यविधिअनुसार ३ महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको हो । सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार सीसीटीभीबाट खिचेका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्ने कानुनी व्यवस्था छ ।