काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने बताएका छन्।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण समारोहको उद्घाटन सत्रमा अध्यक्ष ओलीले बहुमत र अल्पमतका आधारमा प्रतिवेदन ल्याइएको भन्दै उनले प्रतिवेदन मान्य नहुने बताए।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए । समितिका बहुमत सदस्यले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेका थिए । त्यसैलाई लिएर ओलीले सरकारले छानबिन समितिमा पनि बहुमत र अल्पमतको खेल खेलेको आरोप लगाए ।
‘देशका विरुद्ध अपराध भएको छ । ७ जना आफ्नो पक्षका सांसद राखेर हुन्छ वा हुन्न भन्ने त संसदमा पनि भने भइहाल्छ नि त्यहाँ पनि गठबन्धनको बहुमत छदै छ’ आक्रोशित हुँदै ओलीले भने ‘११ जनाको समिति बनाएर ७ जना आफ्नो राखेर हुन्छ हुन्न भन्ने हो रु यो तथ्यमा आधारित रिपोर्ट होइन । नेपाली जनताले अस्वीकार गर्नु पर्छ । ’
ओलीले पनि फुटेज मेटाउने र कल डिटेयल हेर्न मिल्दैन भन्ने कुराले समितिकै काम प्रति शंका उब्जिएको बताए । उनले गठबन्धनको सरकार देशको लागि अभिसाप भएको समेत टिप्पणी गरे । ‘यसले राष्ट्रियता कमजोर पारिहरेको छ , लोकतन्त्रलाई कमजोर पार्छ । यो ढाटहरूको कर छलीहरूको गठबन्धन हो ’ उनले भने ‘ हामीले आगामी निर्वाचनमा सानदार बहुमत ल्याएर सरकार बनाउनु पर्छ । यो देश बचाउनु छ ,जोगाउनु छ । ’
प्रतिक्रिया