अबको चुनावपछि एकल बहुमतको सरकार बनाउन सक्छौं: ओली

अबको चुनावपछि एकल बहुमतको सरकार बनाउन सक्छौं: ओली


ग्लोब नेपाल
540
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने दावि गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने बताए । ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुपर्‍यो । प्रदेशमा बहुमतको सरकार बनाउनुपर्‍यो’, उनले भने ।

पूर्वप्रधानमन्त्री ओलीले उपयुक्त सरकार बनाउने चुनौती हाम्रो सामू रहेको पनि बताए । उनले अहिलेको सरकार ट्रयाक्टर जस्तो भएको टिप्पणी समेत गरे । ‘बनाउन हामीले ट्रयाक्टर बनाएका छौं, परिकल्पना चाहीँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्रयाक्टर भुरुर उडेर पर गएर डाँडामा बस्दे हुन्थ्यो भन्छौं’, ओलीले भने, ‘ट्रयाक्टर पनि थोत्रो, धुँवा फ्याँकने, अहिलेको जस्तो ट्रयाक्टरले देश बनाउँछ र ?’