काठमाडौं । सेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ७.२४ अंकले ओरालो लागेको हो ।
नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ । ५२ लाख ३० हजार ७६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको हो ।
कारोबारमा आएका १८७ कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । साथै ४७ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा १६ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।
प्रतिक्रिया