बुटवलमा हुने भनिएको एमालेको १०औँ महाधिवेशन चितवन सर्‍यो

बुटवलमा हुने भनिएको एमालेको १०औँ महाधिवेशन चितवन सर्‍यो



काठमाडौं । नेकपा एमालेले पार्टीको १०औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो ।

स्थायी कमिटी सदस्य विष्णु रिमालले स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति ३१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन् । व्यवस्थापनको जिम्मा पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई दिएको छ । जसमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, काशीनाथ अधिकारी, विष्णु रिमाल, डा राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल सदस्य छन् ।

त्यसैगरी सातवटै प्रदेशबाट एकरएक जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट एक जना प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ । एमाले महाधिवेशन १०–१२ मंसिरमा हुँदै छ ।