काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिने दलको सूची सार्वजनिक गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिने ३ दिने समयसिमा आइतबार सकिएपछि सोमबार आयोगले निवदेन दिएका सबै दलको सूची सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूची अनुसार समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् ।
आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएका आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
त्यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा ५५, मधेशमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन् । लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको अर्यालले जानकारी दिए ।
सार्वजनिक सूची अनुसार प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि पहिलो नम्बरमा चन्दनकुमार सिंह महासचिव रहेको जनमत पार्टीले निवदेन दिएको छ भने अन्तिम तथा ६८ औँ नम्बरमा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले निवेदन दर्ता गराएको छ ।
हेर्नुहाेस् सूची:


प्रतिक्रिया