२८ असोजसम्म लम्बियो मोबाइल, मोटरसाइकल, गाडी र मदिरा आयात प्रतिबन्ध

२८ असोजसम्म लम्बियो मोबाइल, मोटरसाइकल, गाडी र मदिरा आयात प्रतिबन्ध


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सरकारले प्रतिबन्ध लगाइएको वस्तुहरुमा संशोधन गरेर आगामी २८ असोजसम्म प्रतिबन्ध कायमै राखेको छ।

सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले २८ असोजसम्म प्रतिबन्ध याथावत राखको हो । त्यसमा मदिराको प्रतिबन्धलाई निरन्तरता दिएको छ।

प्रतिबन्ध लगाइएका वस्तुहरुमा कुरकुरे, कुरमुरे लेज जस्ता वस्तुहरुको प्रतिबन्ध भने सरकारले खुलाएको छ। मदिराको प्रतिबन्धलाई निरन्तरता दिएको छ भने चुरोटको आयात खुलाएको छ। हिराको आयात पनि खुलाइएको छ। स्मार्ट फोनको आयातलाई निरन्तरता दिएको छ भने गाडी र मोटरसाइलकको आयात प्रतिबन्धलाई समेत निरन्तरता दिइएको छ। त्यस्तै सरकारले तास र खेलौनाको प्रतिबन्ध हटाएको छ।

विलासी वस्तुको आयात तत्काल खोल्न प्रधानमन्त्री राजी नभए पछि प्रमुख विलासी वस्तुको आयातलाई यथावत राख्दै अन्य ६ वस्तुको आयात प्रतिबन्ध भने हटाउने निर्णयमा सरकार पुगेको हो ।