राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा

राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । सरकारले अहिलेको प्रतिनिधि सभा (संसद) को आयु मंसिर ४ को चुनावपछिसम्म लैजान लागेपछि असन्तुष्टि जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका साँसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

आइतबार बसेको संसद बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै उनले आजैदेखि लागु हुने गरी आफू सांसदको भूमिका नहुने घोषणा गरे।  ‘संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले मलाई लज्जित तुल्यायो। त्यसैले मैले राजीनामा घोषणा गर्न चाहन्छु। मेरो नाममा तलब भत्ता रोक्का गरियोस्,’ उनले भने।

संसदको म्याद चुनावपछि पनि लम्ब्याउन काम अनैतिक भएको उनले बताए। पाँच वर्षको कार्यकालमा नीतिगत रुपमा आफ्नो उपेक्षा गरिएको अनुभव भएको उनले बताए। सबै दलका सदस्यबाट स्नेह र सद्धभाव प्राप्त गरेको उनको भनाई छ।