सिट बाँडफाँँटमा सहमति जुटाउन कार्यदलको बैठक जारी 

सिट बाँडफाँँटमा सहमति जुटाउन कार्यदलको बैठक जारी 


ग्लोब नेपाल
54
Shares

काठमाडौं । आसन्न्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बसिरहेको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा सहमति जुटाउने प्रयास कार्यदलले गरिरहेको छ । 

देशभर प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र छ । प्रत्येक एक निर्वाचन क्षेत्रमा दुई प्रदेश निर्वाचन क्षेत्र छन् । यी निर्वाचन क्षेत्र भागबन्डा गरेर गठबन्धन आवद्ध दलहरु निर्वाचनमा जान लागेका हुन् । तर, सहमति नजुट्दा उम्मेदवारको पनि टुंगो लगाउन दलहरुले सकेका छैनन् ।